सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा



धनगढी,साउन २८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ।

मुख्यमन्त्री शाहले आज प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो। घोषणा लगत्तै उहाँले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाउनुभएको हो।

मुख्यमन्त्री शाह प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामापत्र बुझाउनुभएको थियो। यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको भए पनि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निर्णय गर्नुभएको हो।

शाहको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्