नुवाकोट भलिबल संघको अध्यक्षमा बबिन श्रेष्ठ सर्वसम्मत चयन
नुवाकोट,मंसिर ८ । नुवाकोट जिल्ला भलिबल संघको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बबिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
विदुरमा सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा पाल्देन लामा ‘मेघ’ र विक्रम लामा चयन भएका छन्। त्यस्तै, सचिवमा दीपकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजकुमार शाही चयन भएका छन्।
नयाँ कार्यसमितिको सदस्यमा रूपा श्रेष्ठ, शैलेन्द्र शाह, कुन्जन नेपाली, उत्सव थापा, भेषबहादुर पाण्डे र सरोज डङ्गोल चयन भएका छन्।
यसैगरी, प्रदेश प्रतिनिधिमा सुवास पाण्डे र विक्रम थापा चयन भएको नुवाकोट जिल्ला भलिबल संघले जनाएको छ।

