कस्तो रहला भोलि आइतबारको मौसम ?



काठमाडौं,असोज २४। नेपाल मौसम विज्ञान विभागले आइतबार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ। देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।

आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

आइतबार राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।

सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। सोमबार हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्