रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट,असोज २८। रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

