बट्टार–त्रिशूली सडक अवरुद्ध, ढिकुरेमा सवारीसाधन होल्ड
नुवाकोट,कात्तिक ३ । विदुर नगरपालिका–४, बट्टारमा सोमबार विद्युतीय गाडीको ठक्करबाट स्कुटर चालक नवराज दाहालको निधन भएपछि पीडित पक्षले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै बट्टार–त्रिशूली सडक अवरुद्ध गरेका छन्।
सडक अवरुद्ध भएपछि लिखु गाउँपालिका–१, ढिकुरेस्थित प्रहरी चौकी अगाडि विदुरतर्फ जाने सवारीसाधन होल्ड गरिएका छन्। सडक बन्द हुँदा यात्रु तथा सवारी आवागमन प्रभावित भएको छ।
यसअघि मंगलबार दिउँसो मृतकका आफन्तजनसँग प्रशासनसहितको टोलीबीच सहमतिका लागि छलफल भएको थियोे ।

