एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ



बाँके,कात्तिक ४ । बाँकेको बैजनाथ गाउँपालिकामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेका छन्।

बुधबार बिहान करिब ५ः३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा चौधरी र थारुबीच विवाद भएको थियो। विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई मार्ने धम्की दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्