भीमफेदी ईभी दुर्घटनामा मृतकको संख्या १० पुग्यो, ५ जना घाइते
मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित सडकबाट ईभी गाडी खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।
प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ जना महिला, ५ जना पुरुष र २ जना बालिका रहेका छन्। त्यस्तै, घाइते हुनेमा २ जना बालक र ३ जना पुरुष रहेका छन्।
दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

