गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो, जोखिम बढ्यो



गोरखा,कात्तिक २८ । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

यारूवगर क्षेत्रको ठाडो भर्याङस्थित जंगल क्षेत्रमा ठूलो सुख्खा पहिरो गएको हो। पहिरो खसेपछि उक्त क्षेत्रमा जोखिम बढेको छ।

पहिरोका कारण मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्