विश्व मधुमेह दिवसमा काठमाडौंमा स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रम



काठमाडौं,कात्तिक २८ । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालले मधुमेहसम्बन्धी स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंको सामाखुसी चोकस्थित सिटी स्क्वायर मल परिसरमा आयोजित कार्यक्रममा मधुमेहसम्बन्धी स्वास्थ्य जाँच तथा जनचेतना अभिवृद्धि गर्ने गतिविधि सञ्चालन गरिएको थियो।

मधुमेह रोगको जोखिम न्यूनीकरण, समयमै पहिचान तथा रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने डिष्ट्रिक्ट एडिसनल कोअर्डिनेटर लायन लैला श्रेष्ठ, डिपार्टमेन्ट चिफ लायन सरस्वती महर्जन, विभिन्न क्लबका अध्यक्ष तथा उपस्थित लायन लिडरहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्