पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हिमपातको सम्भावना
काठमाडौँ,मंसिर २ । मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने अन्य भागको मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

