सुन र चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ



काठमाडौं,मंसिर ८ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यस्तै, सोमबार प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्