राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
काठमाडौं,मंसिर ११ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।
भेटका अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

