खेलकुद

स्कटल्यान्डमाथि नेपालको सहज जित

काठमाडौ,कात्तिक १४ । नेपालले आइसिसी विश्वकप लिग-२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो

अमेरिकाविरुद्धको सिरिजमा नेपालले गर्‍यो ‘क्लिन स्वीप’

काठमाडौ,कात्तिक ५ । नेपालले अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा क्लिन स्वीप गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको

भलिबल कप्तान मानबहादुरको सन्न्यास

काठमाडौ,कात्तिक ४ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्  । सन् २०१५

नेपाली क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

काठमाडौ,कात्तिक १ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।  क्यानले अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि पुबुदुलाई

प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

नुवाकोट,असोज २४। प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यही असोज २३ र २४ गते भएको वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको छ ।

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौ,असोज २३ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ । चौथो अभ्यास खेलमा बुधबार बिहान

कतारसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौ,असोज १९ । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्यालेन्जको सेमिफाइनलमा कतारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालको पुरुष टोली कतारसँग ३३–० को स्कोरमा

सङ्कटामाथि पुलिसको रोमाञ्चक जित

काठमाडौ,असोज १८ । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा सङ्कटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसको जितमा

विदुर सिटि युथ क्लब प्रथम

नुवाकोट,असोज १८ ।  दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ । बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१