काठमाडौं, भदौ ४ । नेपाल शिक्षक महासंघको सातौँ पूर्ण बैठकले पुनः आन्दोलन गर्ने निर्णय गरेको छ। लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार (भदौ ३ र ४) दुई दिनसम्म चलेको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारले महासंघसँग भएका विगतका सम्झौता नसमेटेको भन्दै आन्दोलनमा