हावाबाट बिजुली,गाउँ नै झिलीमिली



पाल्पा,पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं. ४ का १५० घरधुरी हावाबाट निकालिएको बिजुलीले झिलीमिली भएको छ। यसअघि जिल्लाकै मित्याल बजारमा यस प्रविधिको सफल परीक्षण भएको थियो ।अहिले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । २५ किलोवाट बिजुलीले निस्दी-४, स्थित झ्यालटुङ, रुक्सेभन्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिनुभयो । यस्तै निस्दी गाउँपालिका, वडा नं. ४, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, गौरीशङ्कर मावि, मौलादेवी र मित्याल आधारभूत विद्यालयमा समेत बिजुलीबत्तीको पहुँच पुगेको छ ।
पहिले हावाबाट बिजुली बल्छ भन्ने विश्वास नै नभए पनि अहिले गाउँ नै झिलिमिली बन्दा दङ्ग परेको अध्यक्ष सुनारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्