काठमाडौको सबैभन्दा कम तापक्रम ,जुम्लाको माईनस ६ डिग्री पुग्यो



काठमाडौँ,काठमाडौ जिल्लाको आज सबैभन्दा कम तापक्रम मापन गरिएको छ। उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा तापक्रम मापन गरिएको हो । हिजो बुधबार काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको बताइएको छ। मङ्गलबार भने काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४ं.६, पोखरा ७.४ मापन गरिएको छ ।
बढ्दो चिसो सगै तराई तथा हिमाली क्षेत्रमा जनजीवन कष्टकर बन्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्