ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान



काठमाडौँ,कात्तिक ५ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन प्रस्थान गर्नुभएको छ।

एमालेको वरिष्ठ नेता बनेपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

चिनियाँ जनताको वैदेशिक मामिला संस्थानको आयोजनामा हुने सम्मेलनमा ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका राजनीतिक, कूटनीतिक तथा बौद्धिक क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार तथा कृत्रिम बौद्धिकता, साइबर क्षेत्र र प्रविधिका चुनौतीबारे छलफल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्