नुवाकोटको प्रतिभावान अशक्त बालक श्रीकृष्णको निधन



काठमाडौ।नुवाकोट जिल्लाको प्रतिभावान अशक्त बालक श्रीकृष्ण अधिकारीको निधन भएको छ।आफू अशक्त भएर पनि प्रशस्त प्रतिभा भएका श्रीकृष्णको हिजो लिखु गाउँ पालिका वडा नम्बर-६ भट्ट थोक स्थित आफ्नै घरमा निधन भएको हो। हातखुट्टा राम्रोसँग नचल्ने समस्याबाट ग्रसित श्रीकृष्ण गाउँकै सिद्दी गणेश आधारभूत विद्यालयमा कक्षा-४ मा प्रथम विद्यार्थीको रुपमा अध्ययनरत थिए।उनको विलक्षण प्रतिभा तथा बौद्धिक क्षमताको प्रसंशा गर्दै पछिल्लो समय स्थानीय सरकार तथा विभिन्न संघ सस्थाहरुले उनको पढाइ लेखाईका लागि आर्थिक तथा शैक्षिक पक्षमा सहयोग समेत गर्दै आएको थियो।हस्तलेखन तथा पढाईलेखाईमा अब्बल श्रीकृष्ण पछिल्लो समयमा फोक्सोको रोगबाट ग्रसित रहेको उनको बुबा नवराज अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्