दोस्रो अध्यादेश जारी : सार्वजनिक खरिदमा संशोधन
काठमाडौँ, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीवार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।
यसअघि नै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन्। सरकारले सिफारिस गरेका अन्य चार वटा अध्यादेश भने अझै स्वीकृत हुन बाँकी रहेका छन्।
अध्यादेश जारी गर्नु अघि राष्ट्रपतिले आजै कानुनविद्हरूसँग छलफलसमेत गरेका थिए।


