रोल्पामा जिप दुर्घटना अपडेट : मृतक संख्या २० पुग्यो
रोल्पा, वैशाख १७ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ।
नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार जिप सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको थियो।
प्रहरीले वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रु सवार जिप दुर्घटनामा परेको अनुमान गरेको छ।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने अझै हुन सकेको छैन।

