अस्ट्रेलियाको बनमा आगो लगाउने विरुद्ध मुद्दा दायर



काठमाडौ ।अस्ट्रेलियाको बनमा आगो लगाउने विरुद्ध मुद्दा दायर भएको छ।आगोलागी क्रियाकलापमा समावेश २४ जनालाई दोषी ठहर्‍याई मुद्दा दायर गरिएको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।देशमा अत्यधिक तातो र खडेरी भैरहेको बेला गत सेप्टेम्बरदेखि लागेको डढेलोले मानव लगायत ५० करोड बराबर जीव जनावर को मृत्यु भएको बताइएको छ।

अस्ट्रेलियाली इतिहासकै सर्वाधिक ठूलो डढेलोका रूपमा लिइएको यस डढेलोको बिषयमा न्यु साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिज्ञप्ती जारी गरेको छ। विज्ञप्तिमा डढेलो लगाउन सहभागी भएका अन्य १ सय ८३ जनाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको जानकारी पनि दिइएको छ ।
प्रहरीका अनुसार नोभेम्बर ८ देखि हालसम्म आगलागीसँग सम्बन्धित विषयमा कानुनी कारबाहीको थालनी गरिएकामध्ये ४० जना नाबालिग छन् ।

प्रतिक्रिया दिनुहोस्