शुक्लाफाँटा नगरपालिकाले भत्कायो ११ छाउगोठ



कंचनपुर।कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाले ११ छाउगोठ भत्काएको छ।
गाउँ पालिकाको अभियान अन्तर्गत सोमबारदेखि सुरु भएको छाउगोठ भत्काऊ अभियानमा सुरुको दिनमा ११ वटा छाउगोठ भत्काइएको हो।

छाउगोठ भत्काऊ अभियान प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरेका हुन। शुक्लाफाँटा नगरपालिका वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।

अभियानमा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्