काठमाडौ लगायत पहाडी भूभागमा झरी,यस्तो छ भोलिको मौसम



काठमाडौं ।काठमाडौ लगायत पहाडी भूभागमा अहिले(शुक्रबार बिहान )झरी परिरहेको छ।नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्य देखि पूर्णतया बदली रहेको छ। गएराति देखि नै काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा झरी परेको छ ।

आज दिनभर सामान्य देखि पुर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुने बताइएको छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपात हुनेछ ।

शनिबारको मौसम

शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।

आइतबारको मौसम

आइतबार देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुन सक्ने संभावना छ।

प्रतिक्रिया दिनुहोस्