दुई बच्चा बोकेर आमाबाबु पुलबाट हाम फालेपछी



साझापथ,काठमाडौ।धादिङ स्थित रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चा बोकेर आमाबाबु पुलबाट हाम फालेका छन। दुई बच्चासहित दम्पती त्रिशूली नदीमा किन हाम फाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

उक्त झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएकाे छ भने दुई बच्चा बेपत्ता भएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताएका छन् । श्रीमानकाे भने उद्दार टाेलीले तत्काल उद्धार गरी बचाएको छ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाकाे आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।

उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ।जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्