अस्ताए बिश्वकै होचा खगेन्द्र



कास्की। विश्वकै होचा व्यक्तिको रुपमा चिनिएका खगेन्द्रको निधन भएको छ।होचा ब्यक्तिको बिश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट ग्रसित खगेन्द्रलाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना गरि उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

जन्मँदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्