चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प



काठमाडौं,कात्तिक ६ । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ।

उपलब्ध विवरणअनुसार भूकम्प बिहीबार राति १० बजेर ३३ मिनेटमा स्थानीय समयअनुसार गएको हो। नेपाली समयअनुसार भने भूकम्प गएको समयबारे दिइएको विवरणमा फरक देखिएकाले समय पुष्टि गर्न आवश्यक छ।

चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो। भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ।

भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस भएको विवरणमा उल्लेख छ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रबारे थप विवरण सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्