सोनाम ल्होछारको तीन दिन सार्वजनिक बिदा



काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।गाउँ पालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष दलबहादुर लामाका अनुसार संविधानले दिएको सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको बताउनुभयो।

“सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्