पत्रकारद्वय लामिछाने र कडेललाई दियो अदालतले सफाई



चितवन,पत्रकारद्वय रवी लामिछाने र युवराज कडेललाई अदालतले सफाई दिएको छ।जिल्ला अदालत चितवनमा हिजो(आइतबार) भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकारद्वय लामिछाने र कँडेललाई सफाई दिएको घोषणा गर्नुभएको हो ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । बिभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वैन्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्