रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु



काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको एक रिसोर्टमा अचेत अवस्थामा फेला परेका आठै जनाको मृत्यु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर-४, दामनको एभरेस्ट पानोरमा रिसोर्टमा मंगलबार विहान अचेत अवस्थामा भेटिएका ती सबै भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उपचारका लागि ल्याइएका काठमाडौंको ह्याम्स अस्पताल पुर्याइए लगत्तै अस्पतालले आठै जनालाई मृत घोषणा गरेको हो । मृत्यु हुनेहरु नाम ठेगाना भने खुलेको छैन ।

घटनाको अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्