आईजीपी खनाल छाउगोठ भत्काऊ अभियानमा



सुर्खेत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल छाउगोठ भत्काऊ अभियानमा सुर्खेत पुगेका छन् ।कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित एक कार्यक्रम बीच छाउगोठ अन्त्य तथा मर्यादिन महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुर्खेत पुगेका हुन् ।बुधबार सम्पन्न उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

छाउपडी जस्ता कुरीति तथा कुसंस्कारको खुलेर लाग्नुपर्ने बताउदै प्रहरी महानिरीक्षक खनालले छाउपडीसँगै बालबिवाह,दाईजो प्रथा जस्ता सामाजिक अपराध अन्त्य गर्नका लागि प्राप्त कानूनी अधिकारको प्रयोग गर्न नेपाल प्रहरी दृढ संकल्पीत रहेको बताए ।

कार्यक्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्