घुम्न हिडेका युवकको निर्वस्त्र शव भेटियो




इटहरी ।घुम्न हिडेका युवकको निर्वस्त्र शव भेटिएको छ । झापाको बिर्तामोड–५ घर भएका २० वर्षीय अभिषेक कटवालको निर्वस्त्र शव भेटिएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  एक साताअघि घुम्न निस्किएका अभिषेकको सुनसरी जिल्ला स्थित  दुहवी नगरपालिका–१२ बुकडोरीमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको बताइएको छ।

निर्वस्त्र रुपमा उनको शव फेला परेको सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानबाट माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए। तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् । उनले लिएर हिँडेको स्कुटर अझै फेला परेको छैन ।

घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दीको टुक्राबाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्