पुर्व सभामुख महराले पाए सफाइ



काठमाडौं ,फागुन-५।पुर्व सभामुख कृष्णबहादुर महरालाई  बलात्कार उद्योगको मुद्दामा अदालतले सफाइ दिएको छ।आज  जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

संसद सचिवालयकी  महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्