बामदेवले खाए धोका,राष्ट्रिय सभाका लागि खतिवडा नै अगाडि



काठमाडौं, फागुन-१४ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले अन्ततः धोका खाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाको नाम नै सिफारिस गरेपछि गौतम जिल्लिएका हुन ।
 
यसअघि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको बताइएको थियो।तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो छुट्टै अडान प्रयोग गरेर खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने निर्णय गरेका छन् ।

यसले सत्तारुढ दल नेकपामा नयाँ तरंग उत्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्