नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त



काठमाडौं,जेठ ११ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त  गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी, आर्थिक वर्ष २०८३÷८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु ३,६६० र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु ३, ८६० तोकिएको छ ।

मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र “लेटर अफ रिप्लाईङ” स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्