सुनसरीमा गाडी दुर्घटना,मृतक सबैको पहिचान खुल्यो



सुनसरी। सुनसरी जिल्लाको तित्रीवनामा भएको गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।
मृत्यु हुनेहरुमा झापाको भद्रपुर स्थायी घर भएका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, त्यस्तै माइक्रो चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का र भक्तपुरकी गरिमा गौतम रहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किएको थियो।


प्रतिक्रिया दिनुहोस्