सबै नेपालीले एकाअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्छ-नेता महत



नुवाकोट । सबै नेपालीले एकअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्ने नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले बताएका छन्।माघ १८ गते अर्थात् हिजो शनिबार २८५६ औँ सोनाम ल्होछारको अवसरमा तार्केश्वर गाउपालिकाको वडा नं १ जब्बरेचौउरमा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रम उद्घाटन गर्दै सबैले आफ्नो रितीरिवाजलाई जिवन्त राख्न आवश्यक रहेको बताएका हुन्।

तार्केश्वर कला समाज नुवाकोटले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य समेत रहेका नेता महतले गाउगाउमा आयोजना गरिएको तामाङ साँस्कृतिक कार्यक्रमले तामाङ भेषभूषा, भाषा, कला संस्कृतिको संरक्षण गर्न मद्दत मिलेको बताएका छन। नेपाल बहुभाषिक,बहुजाति र बहु धार्मिक मुलुक भएकोले हर जातजातिले आफ्नो धर्म सस्कृतीको अनुसरण गर्न पाउनुपर्ने उहाँको कथन थियो। उहाँले तार्केश्वर गाउपालिकाको समग्र बिकासको लागी बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा काँग्रेस जिल्ला सदस्य सुनमायाँ तामाङ, गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष रमेशकुमार पाठक,नेपाल तमांग घेदुंग संघ नुवाकोटका अध्यक्ष जयमान तामाङ , तारकेश्वर गा.पा.का वडा अध्यक्ष ज्ञानेन्द्र तामाङ ,रेडक्रस नुवाकोटका पूर्वउपसभापति राजकुमार भट्टराई, काँग्रेस नेता शिव अधिकारी,दयानिधी अधिकारी लगायतले ल्होछार पर्वलाई सबै समुदायको साझा पर्वको रुपमा मनाएर राष्ट्रिय पर्वको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

हाम्रो गौरब हाम्रो शान, कला संस्कृतिको बिकास कलाकारहरुको उत्थान भन्ने नाराका साथ  सम्पन्न भएको बृहत ल्होछार कार्यक्रममा राजकिग बाईबा, रोशन फ्युबा, शैलाप बाईबा, आरम्भ तामाङ, यम बि गुरुङ, आशिक गोम्जा, चिजा तामाङ लगायतका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक कला प्रदर्सन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्