एनपिएलबाट डेढ अर्बभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा



काठमाडौँ,कात्तिक १७ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणबाट डेढ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष आर्थिक कारोबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । प्रतियोगिताले होटल, रेस्टुरेन्ट, पर्यटन, यातायात तथा विज्ञापन बजारलाई चलायमान बनाएको छ ।

क्यानका अनुसार टिकट बिक्रीबाट ११ देखि १२ करोड, प्रायोजकबाट २० करोड, प्रसारण अधिकारबाट ३४ करोड र फ्रेन्चाइज टोलीबाट ७० देखि ७५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य छ ।

आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट र स्थानीय व्यवसायमा चहलपहल बढाएको छ । प्रतियोगिताले नेपालको खेल पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

एनपिएलको तेस्रो संस्करणमा विजेता टोलीले एक करोड ५० लाख, उपविजेताले ८० लाख र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्