प्रेस युनियन रसुवामा कोइराला



रसुवा । नेपाल प्रेस युनियन रसुवामा सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध  गरेको हो ।

समितिको उपाध्यक्षमा शशीकुमार डंगोल चयन भएका छन भने महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषध्यष सुवास घिमिरे चयन भएका छन ।

   त्यस्तै कार्यसमितिको सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र संदिप पौडेल रहेका छन ।

अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि ५ सदस्यीय महाधिवेसन प्रतिनिधि चयन गरेको छ । पाँच सदस्यीयहरुमा गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपाली रहेका छन् ।

प्रदेश प्रतिनिधिहरुमा श्रीकृष्ण पौडेल, सुदिप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्