ग्यासको मुल्य बढ्यो



काठमाडौ।ग्यासको मुल्य बढेको छ। नेपाल आयल निगमका अनुसार खाना पकाउने ग्यासको मुल्य प्रती सिलिन्डर २५ रुपैयाँ बढेको हो।

यस अघि प्रती सिलिन्डर १३ सयमा बिक्री भएको ग्यास अब नयाँ मुल्य अनुसार १३ सय २५ पुगेको छ।निगमका अनुसार सोमबार रातिदेखि वृद्धि मुल्य लागू हुनेछ।

यता पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने लिटरमा एक रुपैयाँ घटेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अत्यावश्यक पेट्रोल,डिजेल र मट्टीतेलमा भने मुल्य घटाइएको छ।

अब राजधानी काठमाडौमा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्