वडाध्यक्ष धामी मृत भेटिए



अछाम।अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन।वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका हुन । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ ।

गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा उनको शव भेटिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।”घटनाको प्रकृति हेर्दा हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन”निरीक्षक अवस्थीले भने।

मृतक धामी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्।

प्रतिक्रिया दिनुहोस्