सिन्धुपाल्चोकमा भेटियो कोरोना भाइरससग मिल्दो लक्षणको रोग,८४ जना बिरामी 



काठमाडौ,माघ-२९।सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा कोरोनाको लक्षण संग मिल्ने रुघा,खोकि र अत्यधिक ज्वरोले स्थानीय बिरामी परेका छन्।यहि माघ २३ गतेदेखि यस्तो लक्षणसहित बिरामी पर्नेको संख्या अहिले बढेर ८४ पुगेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो।

यता स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईका अनुसार  कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो।उक्त ठाउँमा स्वास्थ्यकर्मी ,औषधिहरु र माक्स खरीद गरी पठाईसकेको चापागाईले बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्