शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री बन्ने पक्कापक्की,आजै सपथको तयारी



काठमाडौं, फागुन-५।डाक्टर शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री बन्ने पक्कापक्की भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गरेपछि मन्त्रिमण्डलमा केही सदस्य थप र हेरफेरको तयारी गरे सगै प्रधानमन्त्री ओलीले पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाउने तयारी गरेका हुन ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार तुम्बाहाम्फेलाई आज तीन बजे सपथ दिने तयारी गरिएको छ।  ओलीले कार्यसम्पादन हेरेर फागुनमा हेरफेर गर्ने घोषणा विगतमै गरेका थिए।

त्यस्तै शहरी विकासमन्त्रीमा महेश बस्नेतको सम्भावना बलियो छ । उनी ओलीका रुचाएकामा पर्छन् । भक्तपुरमा प्रभाव बलियो बनाएका महेश हक्की र लडाकु स्वभावका भएकाले पनि ओलीले विकासे मन्त्रालयमा ल्याउन चाहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्