अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ११ पुग्यो,आपतकालको घोषणा



एजेन्सी,फागुन-२२।अमेरिकामा कोरोना भाइरसद्वारा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ । ११ जनाले ज्यान गुमाएसँगै अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको थियो। 

विश्वभर ९० हजारभन्दा बढीमा सङ्क्रमण भएको उक्त भाइरसबाट अमेरिकाको १६ राज्यमा एक सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्