म काममा चाडै फर्कन्छु:प्रधानमन्त्री ओली



काठमाडौं, फागुन-२३। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाडै नै काममा फर्कने बताउनुभएको छ।प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार स्वास्थ्य अवस्थामा तिव्र सुधारसगै प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्किनेपनि विश्वास दिलाएका छन्।

उनले आफूले पनि आजै सर्जरीपछि पहिलोपटक प्रधानमन्त्री ओलीसँग कुरा गरेको आफ्नो फेसबुक स्टाटसमा लेखेका छन । उनले लेखेका छन्,‘सर्जरीपछि पहिलो पटक कुरा गर्ने अवसर मिल्यो । उहांले भन्नु भयो-साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु। धेरै खुशि लाग्यो, पुनः सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू !”

प्रतिक्रिया दिनुहोस्