सूर्यविनायकमा एकैपटक १० वटा सवारीसाधन ठोक्कियो,१५ घाइते



काठमाडौं,फागुन-२४।भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको एक भ्यानका कारण झन्डै एक दर्जन सवारीसाधनमा क्षति पुगेको छ भने   १५ जना घाइते भएका छन्।काठमाडौं वल्र्ड स्कूलको प्रदेश नं ३–०१–००३ प ४६४७ नम्बरको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किएर उक्त क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन।

भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा.१६च.४३६१ नंम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१प.४४०९ नम्बरको मोटरसाइकल, बा.३ख. ३३४९ नम्बरको बस,प्रदेश नंम्बरको ३–०१–००३क.४६४४ नंम्बरको भ्यान, प्रदेश नम्बर  ३–०१–००३क४६४१ नम्बरको भ्यान, प्रदेश ३बा.२८३६ नंम्बरको कार बा.७०प.४४४५ नंको मोटरसाइकल, प्रदेश नंम्बर ३–०२–००७प.९६६४ नंम्बरको स्कुटर,  प्रदेश नंम्बर ३–०२–०१०प३७६३ नंम्बरको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते  १५ जनालाई  भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको छ।अस्पतालका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन।

प्रतिक्रिया दिनुहोस्