मधेश प्रदेशको विजयी सुरुवात, सुदूरपश्चिम एक गोलले पराजित



काठमाडौं,मंसिर ८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

मङ्गलबार भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गरेको हो । मधेशको जितमा विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेन । खेल ढिलो सुरु भएका कारण निर्धारित समय घटाएर दुवै टोलीबीच ३५–३५ मिनेट खेलाइएको थियो ।

यसअघि मङ्गलबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्