नुवाकोटका रामराजा माथि किन गरिन श्रीमतीले तेजाब प्रहार?



काठमाडौं,फागुन-२७।धेरै जसो महिलामाथि तेजाब आक्रमण  हुने गरेको घटना आईरहन्छ। तर, सोमबार राति काठमाडौंको बालाजुमा भने २७ वर्षीय युवामाथि तेजाब आक्रमण भयो । त्यो पनि आफ्नै ओछ्यानमा ।

नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापा सुतिरहेका थिए । रातको साढे १२ बजेतिर उनको अनुहारमा तेजाब हानियो । उनी आत्तिए । उनलाई तत्काल उपचारका लागि शिक्षण अस्पताल पुर्याइयो ।

प्रहरीले भने रामराजामाथि तेजाब छर्ने अरु कोही नभएर श्रीमती भएको आशंका गर्यो ।

रामराजाकी श्रीमती प्रतिमा प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा

महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार घटनालगत्तै अनुसन्धान थालिएको थियो।प्रारम्भिक अनुसन्धानका क्रममा  तेजाब हान्ने काममा श्रीमतीको हात रहेको  खुलेको छ ।

रातको समयमा दुई तलामाथि बन्द कोठामा अरु कोही जान नसक्ने भन्दै प्रहरीले श्रीमतीमाथि नै शंका गरेका छन् । राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरुबीच छ वर्षअघि विवाह भएको थियो।साथमा एक बच्चा पनि छन् । राजाराम भने माइक्रोबस चालक हुन्।

प्रतिक्रिया दिनुहोस्