सतुंगलबाट ६ लाख मास्क बरामद



काठमाडौ,चैत-३।प्रहरीले काठमाडौंको सतुंगलबाट ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ,त्यहाँस्थित रोहित श्रेष्ठको घरमा रहेको विष्णुदेवी गोदाममा १७५ वटा बोरामा लुकाएर राखिएको ६ लाख थान सर्जिकल  मास्क प्रहरीले बरामद गरेको हो। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदामबाट मास्क निकालिएको छ।

यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो ।

बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्