बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतकमा पाण्डे



काठमाडौ,चैत-६।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलको नेतामा सांसद केशवराज पाण्डे नियुक्त भएका छन् ।यसअघि रामेश्वर फुँयाल प्रमुख सचेतकका रूपमा नियुक्ति भएका थिए।फुँयाल प्रदेशको भौतिक मन्त्री भएपछि खालि रहेको प्रमुख सचेतकको जिम्मेवारी पाण्डेलाई  सुम्पिएको हो ।

नेकपा बागमती प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणी पौडेलले पाण्डेलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

पाण्डे नुवाकोटबाट प्रदेशसभा सांसदमा विजयी बनेका  थिए।

प्रतिक्रिया दिनुहोस्