हामी चुक्दैछौ:प्रभावित मुलुकमा आउजाउ कायमै,५५ देशमा मात्रै बन्देज



काठमाडौं,चैत-७।बिश्वब्यापी रुपमा कोरोना भाइरसले महामारी रुप लिइसक्दा पनि नेपालमा भने धिमा गतिमा रोकथाम उपाय तय गरिएको छ।चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुगिसकेको छ।नेपालमा भने उचित ब्यवस्थापन हुन सकेको छैन। रोकथामका निम्ति एउटा पनि आइसियू बेड थपिएको छैन, अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन ।

वुहान ‘लकडाउन’ भएको ६० दिनपछि अर्थात् आजदेखि नेपालमा ५५ देशबाट यात्रु आउन बन्देज लागेको छ । तर, कोरोना प्रभावित चीन, भारत, अमेरिका मात्र होइन, सिंगापुर र थाइल्यान्डबाट नेपाल आउन अझै पनि रोकतोक छैन ।

नेपाल भित्रिएकालाई पनि निष्फिक्री घुमफिरमा छुट छ, यो बीचमा इटलीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्, तर मौका पाएर पनि हामी चुक्दै छौँ ।

अमेरिकी मुलुकबाट सिंगापुर, बैंकक, हङकङ र दिल्ली हुँदै काठमाडौं आउन अहिले पनि रोकिएको छैन । प्रभावित देशबाट आउने नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ ।

तर, बसे–नबसेको अनुगमन छैन । त्यस्तै विदेशी पर्यटकलाई फारम भराएर उनीहरूले चाहेको होटेलमा बस्न भनिएको छ ।

होटेलबाट बाहिर ननिस्कन र घुमघाम नगर्न उनीहरूलाई अनुरोध गरिएको छ । तर, पर्यटकहरू काठमाडौं हुँदै चितवन, पोखराका रेस्टुरेन्टमा घुमिरहेका छन् ।

यससग सम्बन्धित समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्